Skip to content
Prabhu

एशियन लाइफको नाफामा उल्लेख्य सुधार, अधिकांश सूचकमा सुधार

nabil

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेका चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४२.०७ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ३.१४ प्रतिशतले बढेर ४४ अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ९९ करोड ४७ लाख रहेको थियो ।

तीन महिनाको अवधिमा कम्पनीको खुद बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ४५ प्रतिशत बढेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि वृद्धि देखिएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १५.६४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ११ पैसा रहेको छ । ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४५ करोड ९२ लाख रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal