Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

nabil

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा २९.२२ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षँ अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal