काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीलेको नाफा ७ करोड माथि पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७ करोड ४ लाख पुगेको हो ।
चालु आवको पहिलो तीन महिनाको गत आवको सोही अवधिको भन्दा १९ प्रतिशतले नाफामा गिरावट आएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ८ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको बीमा कोष ४०.३६ प्रतिशतले बढेर ४ अर्ब ८७ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्तकोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ भने जगेडा कोष ५९ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७९.८१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्