काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा १ करोड भन्दा माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको हो ।
गत आवको तुलनामा कम्पनीको नाफामा भारी गिरावट आएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको पहिलो तीन महिनामा कम्पनीले २९ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै समयमा कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ६७ लाख रुपैयाँबाट सामान्य घटेर १३ करोड ६६ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल खर्च १६ करोड १२ लाख रुपैयाँबाट बढेर २७ करोड ५२ लाख रुपैयाँ पुगको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ ।
कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडा कोषमा २९ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७० लाख रुपैयाँ र स्पेशल रिजर्भमा २ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको बीमा कोषमा २ अर्ब ५३ करोड रुपैयाँ छ भने १ अर्ब ४० करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १२ पैसा रहेकोमा चालु आवमा घटेर २ रुपैयाँ ५३ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ९८ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्