काठमाडौं । क्रेष्ट माइक्रो लाइफको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२० प्रतिशतले नाफा बढेको हो ।
स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको कम्पनीले असोज मसान्तसम्मको अवधिमा ११ लाख ५३ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२० प्रतिशत बढी हो । कम्पनीले गत आवको सोहि अवधिमा ५ लाख २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्ष ६३ हजार रुपैयाँ मात्रै रहेको जीवन बीमा कोषको आकार उल्लेख्य मात्रामा बढेर ४ करोड ७१ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले ८८ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन ४ करोड ६७ लाख रुपैयाँ बढी पुगेको छ । अघिल्लो वर्ष यो ११ लाख ३८ हजार रुपैयाँ मात्रै थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जीवन बीमा कोषमा २ करोड ३८ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
प्रतिक्रिया दिनुहोस्