Skip to content
Prabhu

५३ लाख पुग्यो गार्डियन माइक्रो लाइफको नाफा

nabil

काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले गत आवमा १ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिका कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको आम्दानी समेत उल्लेख्य मात्रामा बढेको छ । गत आवमा १ करोड ३७ लाख रुपैयाँमा आम्दानी गरेकोमा चालु आवमा बढेर ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

चालू आवको असोज मसान्तसम्म कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै समयमा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ लाख ६९ हजार रुपैयाँ, महाविपत्ति कोषमा ७ लाख २२ हजार रुपैयाँ सञ्चित गरेको छ । नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा रहेकोमा चालु आवमा बढेर ४ रुपैयाँ ४ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal