Skip to content
Prabhu

सानिमा जिआइसी इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

nabil

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा उल्लेख्य रुपमा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५० प्रतिशले बढेको हो ।

चालु आवको तीन महिनामा कम्पनीको मुनाफा ५० प्रतिशतले बृद्धि भएर ५ कराड ८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ३७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको तुलनामा ६ प्रतिशतले बृद्धि भएर ३७ करोड ४ लाख रुपैयाँबाट ३९ करोड ४१ लाख रुपैयाँ रहेको छ । साथै, कम्पनीले रि इन्स्योरेन्समा २६ करोड ३० लाख रुपैयाँ जम्मा गरेको छ ।

१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ६४ लाख रुपैयाँ सन्चिती रहेको छ । कम्पनीको महाविपत्ती कोषमा ४ करोड ६ लाख रुपैयाँ जम्मा गरिएको वित्तीय विवरणमा उल्लेख गरिएको छ । तीन महिनाको अवधिमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । गत आवको तुलनामा कम्पनीको दावी भुक्तानी सामान्य अंकले घटेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई २ अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले ३० हजार ३१५ वटा पोलिसीहरु जारी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ६.७६ रुपैयाँबाट बढेर १०.१७ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको नेटवर्थ प्रतिसेयर १५१ रुपैयाँ ५७ पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal