काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थि वर्षको पहिलो त्रैमासिकमै ठूलो नोक्सानी व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ७९ लाख ५३ हजार रुपैयाँ नोक्सानीमा रहेको हो ।
कम्पनीले चालु आवको असोज मसान्तसम्म २९ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने १ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको बीमा कोषमा ५ करोड ६१ लाख रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा जगेडा कोषमा २० लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको महाविपत्ति कोषमा ६ लाख ७३ हजार रुपैयाँ र स्पेशल रिजर्भमा ६७ लाख ३१ हजार रुपैयाँ सञ्चित छ । आफ्ना बीमितहरूलाई ६५ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५१ पैसा ऋणात्मक छ ।
प्रतिक्रिया दिनुहोस्