काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा साढे १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुरा १० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले गत आवको सोही अवधिसम्ममा ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ५२ करोड ३७ लाख रुपैयाँ नाघेको छ । असोज मसान्तसम्म कम्पनीले १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ ।
चालु आवको पहिलो त्रैमासिकसम्म कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले चालु आवको पहिलो त्रैमासिकसम्म जगेडा कोषमा १ करोड रुपैयाँ, महाविपत्ति कोषमा १२ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ० रुपैयाँ २०१७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्