काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा १४ लाख भन्दा बढी नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
यो अवधिमा २ करोड ५३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । असोज मसान्तसम्म कम्पनीले ५७ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले पहिलो त्रैमासिकससम्म जगेडा कोषमा ३३ लाख ८२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ८४ हजार रुपैयाँ र स्पेशल रिजर्भमा ३८ लाख ४४ हजार रुपैयाँ सञ्चित गरेको छ । यस अवधिसम्म कम्पनीको बीमा कोषमा ८ करोड ३६ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २८ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्