काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा साढे १८ प्रतिशले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा १८.६२ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १ अर्ब ६२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा सिटिजन लाइफ अग्रस्थानमा रहेका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.१२ प्रतिशत बढी हो ।
दोस्रो नम्बरमा रहेको नेपाल लाइफको मुनाफा ३० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यो अवधिसम्ममा २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै रिलायबल नेपाल लाइफले यो अवधिमा १९ करोड ९३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६६.९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, चालु आवको असोज मसान्तसम्ममा सन नेपाल लाइफले १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ०.४९ प्रतिशले बढी हो । गत आवको पहिलो तीन महिनामा यो कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसतै चालु आवको असोज समान्तसम्ममा आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको भन्दा ११.२२ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा कम्पनीले १३ करोड रुपैयाँ नाफा कमाएको थियो । प्रकाशीत वित्तीय विवरण अनुसार चालु आवको पहिलो तीन महिनाको अवधिमा नेशनल लाइफले १३ करोड ८३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो गत अवाको सोही अवधिको तुलनामा ६.२४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिसम्ममा कम्पनीको नाफा १३ करोड रुपैयाँ रहेको थियो ।
गत आवमा ९ करोड रुपैयनाँ नाफा आर्जन गरेको एसियन लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ४२.०२ प्रतिशले बढी हो । त्यस्तै यो अवधिमा सानिमा रिलायन्सले १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा ११ करोड रुपैयाँ रहेको थियो । गत आवको भन्दा चालु आवमा यो कम्पनीको नाफा १९.९३ प्रतिशतले बढेको छ ।
त्यस्तै सिटिजन लाइफले चालु आर्थिक वर्षमा गत आवको भन्दा ८३.१६ प्रतिशतले नाफा बढाएको छ । यो कम्पनीले चालु आवको पहिलो तीन महिनासम्मको अवधिमा कुल १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले २५.७४ प्रतिशले नाफा बढाएको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा १२ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत अवको सोही अवधिसम्मा कम्पनीको नाफा १० करोड रुपैयाँ रहेको थियो । त्यस्र्त सूर्यज्योति लाइफले ११ करोड ५३ लाख रुपैयाँ नाफा कमाउन सफाल भएको छ । यो गत आवको भन्दा २.५१ प्रतिशले धेरै हो । सूर्यज्योतिले गत आवमा ११ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा मेट लाइफको नााफा ४.२९ प्रतिशले वढेर ९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आवमा यो कम्पनीको नाफा ९ करोड २५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै एलआइसी नेपालको नाफा ७ करोड ८८ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको भन्दा ३५.४५ प्रतिशले बढी हो । यो कम्पनीले गत आवको सोही अवधिमा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा २२ लाख ६७ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९४.०१ प्रतिशतले कम हो । गत आवको सोही अवधिको तुलनामा ३ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस्