Skip to content
Prabhu

वर्ल्डलिंकले तिर्यो २ अर्ब १५ करोड बक्यौता, नयाँ अनुमति पाउने बाटो पनि खुल्यो

nabil

काठमाडौं । ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक टेलिकम्युनिकेसन आफ्नो सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको रोयल्टी र आरटीडीएफ बापतको २ अर्ब १५ करोड १४ करोड ७ हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो ।

वर्ल्डलिंकले आज (शुक्रबार) एकमुष्ठ सबै बक्यौता भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । वर्ल्डलिंकले रोयल्टी १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ र आरटीडीएफ ७६ करोड २३ लाख ९५ हजार २७ रुपैयाँ भुक्तानी प्रवक्ता पौडेलको भनाइ छ ।

वर्ल्डलिंकले आफ्नो कुनै बाँकी बक्यौता नभएको र कम्पनीले नयाँ अनुमति पत्रको प्रकृया समयमै शुरु गरेको भन्दै अनुमति पत्र दिन माग गर्दै रिट दायर गरेको थियो । तर अदालतले बक्यौता बेरुजुमा वर्ल्डलिंकको विपक्षमा फैसला गरे पछि वर्ल्डलिंकले एकमुष्ठ बक्यौदा तिरेको हो । रकम बुझाएसँगै कम्पनीको नयाँ अनुमतिपत्र पाउने बाटो समेत खुलेको छ ।

वर्ल्डलिंकले २०५५ चैत १६ गते इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । कानुन अनुसार दूरसञ्चारको लाइसेन्सको अधिकतम अवधि २५ वर्ष हुन्छ । यो व्यवस्थाअनुसार वर्ल्डलिंकको लाइसेन्स अवधि २०८० चैत १५ गते नै सकिएको थियो । कम्पनीले आफ्नो दायित्वमा रहेको बक्यौता रकम भुक्तानी गरेकाले लाइसेन्स लिने बाटो खेलेको हो ।

वर्ल्डलिंकले एकमुष्ठ रकम तिरेसँगै अन्य ८ इन्टरनेट सेवा प्रदायकहरुलाई पनि बाँकी बक्यौता रकम एकैपटक तिर्न दबाब परेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal