Skip to content

नेपाल बैंक शुक्रबारदेखि ८८औँ वर्षमा प्रवेश

nabil bank

काठमाडौं । नेपालको पहिलो नेपाल बैंकले ८८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विसं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक २०८१ कात्तिक ३० गते ८७औँ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको हो ।

बैंकले शुक्रबार काठमाडौंमा भएको ८८ औं वार्षिकोत्सव समारोह मनाएको छ। समारोहमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले फेरि मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन्।

नेपाल बैंकमा राज्यको ठूलो लगानीका साथै विदेशी ऋणमार्फत् रिकभर गरिएकोले आगामी दिनमा फेरि मिस म्यानेजमेण्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न गभर्नर अधिकारीले आग्रह गरे।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ। बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ। बैंकले नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन साथै ६० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime