Skip to content

बाढीपीडितलाई पशु–सुरक्षण बीमा रकम प्रदान

nabil bank

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बीमा रकम प्रदान गरिएको छ । कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

संस्थाले २५ किसानलाई सामूहिक पशु बीमा बापतको २६ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाईंले जानकारी दिए। उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले चार लाख १८ हजार रुपैयाँ रकम पाएका छन् । क्षतिको मूल्याङ्कनमा कम बिमा रकम पाउनेमा ३० हजाररुपैयाँसम्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हुमागाईंले बताए। उनका अनुसार संस्थाको विपद् कोषमा एक करोड २० लाख रुपैयाँ बीमा रकम सञ्चित रहेको छ।

संस्थाले एक लाख रुपैयाँ बीमा बराबरको वार्षिक १ हजार दुई सय रुपैयाँ किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi