Skip to content

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

nabil bank

काठमाडौं। सिद्धार्थ बैंक क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। बैंकले (२०२४–२०२९ सम्म) ५ वर्षसम्म नेपाल प्रिमियर लिगको प्रायोजन गर्ने भएको हो।

क्यान पदाधिकारी, बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समिति सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललगायतको उपस्थितिमा नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरिएको हो।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ। नेपालको क्रिकेट क्षेत्रलाई थप उचाइमा लैजाने उद्देश्यले बैंक लिगसँग जोडिएको अध्यक्ष केडियाले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi