काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या र सोको मूल्य भने खुलाएको छैन । यद्यपि यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक सेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो । तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ ।
सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।






प्रतिक्रिया दिनुहोस्