काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बु्क क्लोजको मिति परिवर्तन गरेको छ । बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो । तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यससँगै अब मंसिर ११ गतेसम्म कायम सेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्ने भएका छन् । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत अर्थात् प्रति १०० सेयरमा ६.५ सेयरका दरले बोनस सेयर र १९ प्रतिशत अर्थात् प्रति सेयर १९ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्