Skip to content
Prabhu

कुमारी बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बैंककै सेयरधनीहरूका लागि बिक्री खुला गरेको छ । बैंकले आफ्ना केही सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो ।

उक्त सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा बुझाउनु पर्नेछ । बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

साथै तोकिएको समयसीमाभित्र बैंकका संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal