Skip to content
Prabhu

निफ्राले तीन महिनामा कमायो ३५ करोड रुपैयाँ खुद नाफा, ईपीएस कति ?

nabil

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा ३५ करोड भन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ । सार्वजनिक विवरण अनुसार बैंकले खुद नाफा घटेपनि ईपीएस भने बढेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)६.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.४७ गुणा,तरलता अनुपात १८७.९७ प्रतिशत र इक्युटिमा प्रतिफल ६.४८ प्रतिशत कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने बैंकले ७० करोड १५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकले १ करोड ३६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।

बैंकले समीक्षा अवधिसम्ममा ५० करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२१ प्रतिशतले कम हो । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २१ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँको सञ्चित गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal