Skip to content

सूर्यज्योति लाइफबाट राजीनामा दिए डीसीईओ खड्काले

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पवन कुमार खड्काले राजीनामा दिएका छन् । उनले मंसिर ६ देखि लागू हुने गरी राजिनामा दिएका हुन् ।

डीसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिईसकेको संचालक समिति सकारात्मक भएसँगै उनले सूर्यज्योति लाइफमा राजिनामा दिएको बुझिएको छ । मर्जरअघि सूर्य लाइफमा सीईओको जिम्मेवारी सम्हालेका पवन खड्काले मर्जर पश्चात् सूर्यज्योति लाइफमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)को भूमिका निर्वाह गर्दै आएका थिए ।

मर्जरपश्चात् कम्पनीको सिईओको जिम्मेवारी प्रकाश विक्रम खत्रीले सम्हाल्दै आईरहेका छन् । उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा २०७८ मा प्रमुख कार्यकारी नियुक्त भएका थिए । कम्पनी तत्कालीन ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर भएर एकीकृत कारोबारमा आएको सूर्यज्योति लाइफ इन्स्योरेन्समा २०७९ पुसयता खड्काले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएका थिए। उनले २०८१ मंसिर १६ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime