Skip to content
Prabhu

आईपीओकै मूल्यमा एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले इच्छुक जो–कोहीले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ ।

आवेदन आज मंसिर ९ देखि २३ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुवाटारमा पेश गरिसक्नु पर्नेछ । प्राप्त आवेदनहरू मंसिर २४ गते सोमबार बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal