काठमाडौं । मितेरी डेभमपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ को ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्