काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।
कम्पनीले १०ः२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । हकप्रद सेयर निष्कासन र बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्