Skip to content
Prabhu

अध्यक्ष नियुक्ति हुनै लाग्दा सेबोनले दियो गार्डियन माइक्रो लाइफलाई आईपीओ निष्कासनको स्वीकृति

nabil

काठमाडौं । लामो समयदेखि नियुक्ति हुन नसकेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष आज नियुक्त हुने सम्भावना रहेको छ । सरकारले गठन गरेको अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरिसकेको अवस्थामा आज नै मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्ले नै अध्यक्ष नियुक्त गर्ने भएकाले आज नै अध्यक्ष नियुक्तिको सम्भावना पनि रहेको छ ।

तर, अध्यक्ष नियुक्तिको अन्तिम चरणमा रहेको बेला बोर्डले भने एउटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । सिफारिस समितिले अध्यक्षका लागि तीन जानको नाम सिफारिस गरेकै दिन बोर्डले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।

गत वर्षको पुस २० गतेदेखि रमेश हमालको कार्यकाल सकिएसँगै नेतृत्वविहीन बनेको बोर्डले त्यसयता रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति प्रदान गरे पनि विवादित बनेको थियो । त्यसपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थिएन । तर, अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन आइतबार बोर्डले गार्डियन माइक्रो लाइफलाई आईपीओको जारीका लागि अनुमित दिएको हो ।

आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने छ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal