Skip to content
Prabhu

निफ्राको साधारणसभा पुस ४ गते

nabil

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पुसर ४ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले आफ्नो छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबारका लागि बोलाएको हो ।

बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । बैंकले यसअघि नै गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरणका लागि सञ्चित गर्ने निर्णय गरिसकेको छ । यसर्थ बैंकले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावशे गरेको छैन ।

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । साथै बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्नेछ । यसर्थ मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal