Skip to content
Prabhu

धौलागिरी लघुवित्तको कामु सीईओको जिम्मेवारी शिवराम जोशीलाई

nabil

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी शिवराम जोशीलाई दिएको छ । कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रहेका जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेर जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले सीईओ बमको राजीनामा स्वीकृत गरेर कामु सीईओको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal