Skip to content
Prabhu

भोलिदेखि एलआइसी नेपालको हकप्रदको आवेदन खुल्ने

nabil

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को हकप्रद सेयरमा भोलिदेखि आवेदन खुल्ला हुने भएको छ । कम्पनीले मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले चुक्तापुँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गर्न लागेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न कात्तिक ९ गते बुक क्लोज गरेको थियो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहका सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal