Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयधरनी लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ । निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र दिइसक्नु पर्नेछ ।

साथै सो समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime