काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजीनामा दिएका डेपुटी सीईओ तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सीईओ खड्का आइएमई लाइफको सीईओ नियुक्त भएका हुन् ।
कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले नयाँ सीईओको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै अब नियामकीय प्रक्रिया पुरा गरेर उनी कम्पनीको सीईओको रुपमा कार्यभार सम्माल्ने छन् । करिब तीन महिना पहिले तत्कालिन सीईओ कवि फुयाँलको पदावधी सकिएपछि आइएमई लाइफमा सीईओ पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस्