काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद मंसिर २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंसिर ११ गतेसम्म कायम संस्थापक सेयरधनीहरूका लागि १ बराबर १ अर्थात् शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद सेयर जारी गर्ने बताएको छ । यसमा माघ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । आवेदनका लागि दरखास्त फाराम काठमाडौंको तिनकुनेस्थित कम्पनीको कार्यालयमा पाइँनेछ ।
प्रतिक्रिया दिनुहोस्