काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताएका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्कटको धेरै काम अघि बढेको विषयमा जानकारी पाएको भन्दै सरकारको सहयोग लिएर अघि बढ्ने बताएका हुन् ।
उनले लामो समयदेखि रोकिएको आईपीओको स्वीकृत हुने काम पनि समयमा नै हुने बताए । बाँकी काम सम्बन्धित बोर्डका महाशाखासँग मिलेर गर्ने उनको भनाइ थियो । उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे ।
मंगलबार बेलुकी अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नियुक्ति भएको पत्रका साथसाथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्