Skip to content
Prabhu

सेयर बजार हरियाली कायम हुँदा पनि मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेदा पनि एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य १९६ रुपैयाँले घटेर १ हजार ७६४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा नेपाल फाइनान्स, थ्री स्टार हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड र जानकी फाइनान्स छन् । आज नेपाल फाइनान्सको सेयर मूल्य १०५ रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.७७ प्रतिशतले कम हो ।

त्यस्तै आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ६.५२ प्रतिशत अर्थात् ६७ रुपैयाँ ३० पैसाले घटेर ९६५ रुपैयाँ पुगेको छ । आज एनआईसी एशिया ब्यालेन्स फण्डको सेयर मूल्य ३.२५ प्रतिशत अर्थात् ०.३२ रुपैयाँले घटेर ९ रुपैयाँ ५२ पैसा पुगेको छ । आज जानकी फाइनान्सको सेयर मूल्य पनि २९ रुपैयाँ २० पैसाले घटेर ९४१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०१ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal