Skip to content
Prabhu

साताको अन्तिम दिन सेयर बजारमा धेरै बढ्ने ५ कम्पनी, तीनमा सर्किट

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको सेयर कारोबार बन्द हुँदा बजार परिसूचक घटेर बन्द भयो । जम्मा ५० कम्पनीको सेयर मूल्य मात्रै बढेको दिन ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा धेरै बढ्ने पाँच कम्पनीमा विशाल बजार कम्पनी लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था, सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था, पाँचथर पावर कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेका छन् । आजको कारोबार बन्द हुँदा विशाल बजार, विन नेपाल र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज विशाल बजारको सेयर मूल्य ४९५ रुपैयाँले बढेर ५ हजार ४४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै आज विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २५९ रुपैयाँ ५० पैसाले बढेर २ हजार ८५४ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ३०२ रुपैयाँले बढेर ३ हजार ३२७ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनी भित्र परेको पाँचथर पावरको सेयर मूल्य २३ रुपैयाँ २० पैसाले बढेर ३०१ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३३ प्रतिशतले बढी हो । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य आज १०५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.११ प्रतिशतले बढी हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal