Skip to content
Prabhu

पहिलो चौमासिकमा निर्जीवन बीमाको व्यवसाय १४ अर्बमाथि, कात्तिकमा मात्रै २ अर्ब बढी, कुनको व्यवसाय कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्बभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको कात्तिक महिनासम्मको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ८ करोड ७२ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

प्राधिकरणको तथ्यांकअनुसार कात्तिक महिनासम्ममा ८ लाख ९७ हजार २३५ बीमालेख जारी गरेर उक्त रकम बराबरको व्यवसाग गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब ७० करोड ९२ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ लाख २९ हजार ९४ बीमालेख मार्फत उक्त रकम संकलन गरेका हुन् ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ७८ करोड ६८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । यो कम्पनीले कात्तिक महिनासम्ममा ६० हजार ७५४ वटा बीमा लेख बिक्री गरेको छ । कात्तिक महिनामा मात्रै यो कम्पनीको व्यवसाय १७ कारोड २३ लाख रुपैयाँ बराबरको १६ लाख ५६४ बीमालेख जारी गरेको छ ।

त्यस्तै, यो अवधिमा दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकनल गरेको छ । यो अवधिसम्ममा कम्पनीले १४ हजार १२३ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीले कात्तिक महिनामा मात्रै ९ करोड ९ लाख रुपैयाको बीमा व्यवसाय गरेको छ । कात्तिक महिनामा यो कम्पनीले ३ हजार ११८ वटा बीमालेख जारी गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय बीमा कम्पनीले कात्तिक महिनासम्ममा ६१ करोड ४९ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा कम्पनीले ७४ हजार ७६३ वटा बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै २१ हजार १६६ बीमालेख मार्फत ४ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कात्तिक मसान्तसम्ममा नेसनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ९ हजार ४६७ बीमालेख बिक्री गरेर उक्त रकमको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले कात्तिक महिनामा मात्रै १ हजार ९४१ बीमालेखमार्फत ७ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

प्राधिकरणका अनुसार कात्तिक महिनासम्ममा नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । यो कम्पनीले यो अवधिसम्ममा ९५ हजार ७६७ वटा बीमालेख जारी गरेको छ । कात्तिक महिनामा मात्रै यो कम्पनीले २४ हजार ५६५ बीमालेख जारी गरेर २५ करोड ५१ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ ।

त्यस्तै कात्तिक महिनासम्ममा प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ बराबरको ४१ हजार ९६१ बीमालेख जारी गरेको छ । यो कम्पनीले कात्तिक महिनामा मात्रै १० हजार ७९० बीमालेखमार्फत १५ करोड ३ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार कात्तिक महिनासम्ममा शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले यो अवधिसम्ममा ९८ हजार १८५ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीले कात्तिक महिनामा मात्रै २८ कराड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले कात्तिक महिनामा २४ हजार २५१ वटा बीमालेख जारी गरेको छ ।

प्राधिकरणका अनुसार हालसम्म एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाखको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले यो अवधिसम्ममा ६४ हजार ३२० वटा बीमालेख जारी गरेको छ । कात्तिक महिनामा मात्रै यो कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । एक महिनाको अवधिमा कम्पनीले १५ हजार ४४८ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा कम्पनीले ८१ हजार ३० वटा बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गरेको छ । कात्तिक महिनामा मात्रै कम्पनीले २२ हजार ८५६ बीमालेख जारी गरेर २३ कराड १० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सानिमा जिआईसी इन्स्योरेन्सको व्यवसाय ७७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ४० हजार ४६४ वटा बीमालेखमार्फत उक्त बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले कात्तिक महिनामा मात्रै १० हजार ३३१ बीमालेख जारी गरेर १९ करोड ३ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

त्यस्तै यो अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले कात्तिक महिनासम्ममा ९९ हजार ४२४ वटा बीमालेख जारी गरेको छ । कात्तिक महिनामा मात्रै यो कम्पनीले २४ हजार ६३५ बीमालेखमार्फत २९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सगरमाथ लुम्बिनी इन्स्योरेन्सले कात्तिक महिनासम्ममा १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले ९१ हजार ७७३ वटा बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीले कात्तिक महिनामा मात्रै २२ हजार २६ बीमालेखमार्फत ३४ करोड ४ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चार महिनासम्मको अवधिमा १ अर्ब १३ करोड ४९ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले यो अवधिसम्ममा ६७ हजार ७१७ वटा बीमालेख जारी गरेको छ । कात्तिक महिनामा मात्रै यो कम्पनीले १७ हजार ४७९ बीमालेखमार्फत २३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सले कात्तिक महिनासम्ममा ५७ हजार ३०५ बीमालेख मार्फत ८४ करोड १ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । कम्पनीले कात्तिक महिनामा मात्रै १३ हजार ९२४ बीमालेखमार्फत १६ कराड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal