काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले पदभार ग्रहण गरेका छन् । उनले आजदेखि औपचारिक रुपमा नियुक्त भएर कार्यभार सम्मालेका हुन् ।
कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यही मंसिर १२ गते नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै खड्का आजदेखि आइएमई लाइफको सीईओ बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्