Skip to content
Prabhu

बेलायतमा विद्युतीय सवारी उत्पादनमा गिरावट, लगानी जोखिममा पर्ने चिन्ता

nabil
एजेन्सी । गत अक्टोबर महिनामा ब्रिटेनमा गाडी उत्पादनमा ठूलो गिरावट आएको छ । जसले विद्युतीय गाडी उत्पादनमा कम्पनीहरुले गरेको लगानी जोखिममा पारेको छ । सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स (एसएमएमटी)का अनुसार, सबै प्रकारका गाडीहरूको उत्पादन गत वर्षको तुलनामा १५ प्रतिशतभन्दा बढीले घटेको छ ।
यसको कारण मुख्यतः कमजोर मागका कारण निर्यातमा कमी आउनु हो । विद्युतीय र हाइब्रिड गाडीहरूको उत्पादन पनि गत वर्षको तुलनामा एक तिहाइले घटेको हो । जसको कारण युरोपेली माग कमजोर हुनु र नयाँ मोडेलहरूका लागि कारखानाहरूको पुनःनिर्माण रहेको छ ।
यो तथ्यांक तब आएको छ, जब यो हप्ता वक्सहॉल निर्माता स्टेलान्टिसले आफ्नो लुटन भ्यान–निर्माण कारखाना बन्द गर्ने घोषणा ग¥यो । जसको एक कारण ब्रिटेनमा विद्युतीय गाडीको संक्रमणलाई तीव्र पार्न लागु गरिएका नियमहरू रहेको बताइएको छ ।
यसबाहेक फोर्डले पनि गत हप्ता आउँदो तीन वर्षभित्र ब्रिटेनमा आठ सय रोजगारी कटौती गर्ने घोषणा गरेको थियो  । कम्पनीले  कठिन व्यापारिक अवस्था, कडा प्रतिस्पर्धा र विद्युतीय गाडीहरूको कमजोर मागका कारण उक्त निर्णय लिएको बताएको थियो ।
एसएमएमटीका प्रमुख कार्यकारी माइक हावेसले भने, “यस उद्योगका लागि यो निकै चिन्ताजनक समय हो, किनभने प्लान्टहरू र नयाँ शून्य उत्सर्जन उत्पादनहरूमा भएको ठूलो लगानी तीव्र दबाबमा छ ।”
अक्टोबर महिनामा विद्युतीय गाडीहरूको उत्पादन घटे पनि, ब्रिटेनमा विद्युतीय गाडीहरूको बिक्री बढिरहेको छ । अक्टोबरमा, प्रत्येक पाँचवटा दर्ता भएका गाडीमध्ये एउटा विद्युतीय गाडी थियो, यद्यपि यो उद्योगका स्रोतहरूले मुख्यतः अस्थिर छुटहरूको कारण भएको बताएका छन् ।
नयाँ पेट्रोल र डिजेल गाडीहरूको बिक्री केही वर्षभित्र चरणबद्ध रूपमा बन्द गरिने सरकारी योजनालाई लिएर सरकार र उद्योगबीच बढ्दो विवाद छ । ब्रिटेनको शून्य उत्सर्जन गाडी (जेडईभी) म्यान्डेट अनुसार, निर्माताहरूलाई सन् २०३० सम्म पेट्रोल र डिजेल गाडीहरूको बिक्री प्रतिबन्धको तयारी स्वरूप, हालै कुनै उत्सर्जन नगर्ने गाडीहरू र भ्यानहरूको निश्चित प्रतिशत बिक्री गर्न आवश्यक छ ।
सन् २०२४ मा विद्युतीय गाडीहरूले निर्माताको गाडी बिक्रीको २२ प्रतिशत र भ्यान बिक्रीको १० प्रतिशतले बढ्नुपर्नेछ ।
सरकारले गाडी उत्पादनमा २ अर्ब यूरो र विद्युतीय गाडीहरूको अपनत्वलाई समर्थन गर्न ३००  मिलियन यूरोबढी लगानी गरिरहेको  छ । हालै स्टेलान्टिसको लुटन कारखाना बन्द हुँदा ११ सय रोजगारी जोखिममा परेको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal