Skip to content

कुमारी बैंकको २९ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । उक्त कम्पनीले कम्पनीकै संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिद गर्न पाउने गरी सेयर बिक्री गर्न लागेको हो ।

कुमारी बैंकले २९ हजार ५ सय ४४ कित्ता सेयर बिक्री बिक्री गर्न लागेको हो । यो सेयर किन्न इच्छुक संस्थापकले सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।

इच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । बैंकले तोकेको उक्त म्यादभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने बैंकको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima