Skip to content

सिटिजन लाइफ विमेन्स फोरमद्वारा लैंगिक हिंसासम्बम्धी कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्यसहितको बिमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

अहिले विश्वव्यापी रुपमा चलिरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मिति २०८१/०८/१४, शुक्रबारको दिन कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रमको मुख्य स्रोत व्यक्तिका रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याल ज्यूको उपस्थिती रहेको थियो । अर्याल ज्यूले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैंगिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरे ।

उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गर्नूभयो । उक्त कार्यक्रममा अर्याल ज्यूले, लैंगिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिए ।

फोरमको संयोजक रीता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरे । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताए।

कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृति दिपबहादुर विसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे ।

यस विमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तीकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैंगिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime