Skip to content

दुईदिनमा बैंक अफ दि इयरको अवार्ड घोषणा हुने, नेपालबाट कुन बैंकको सम्भावना बढी ?

nabil bank

काठमाडौं । बेलायतबाट प्रकाशित हुने ‘दि बैंकर’ले अबको दुईमा ‘बैंक अफ दि इयर’को अवार्डको घोषणा गर्ने छ ।

बेलायतबाट प्रकाशन हुने ‘दि बैंकर’ले हरेक वर्ष डिसेम्बरको पहिलो साता ‘बैंक अफ दि इयर’ अवार्ड घोषणा गर्छ । गतवर्ष सन् २०२३ मा यो अवार्ड प्रभु बैंकले पाएको थियो ।

सन् १९२८ देखि मासिक रुपमा प्रकाशन हुने ‘दि बैंकर’ फाइनान्सियल टाइम्स समूह अन्तर्गत पर्छ ।

यो पटक नेपालका वाणिज्य बैंकमा सिटिजन्स बैंक इन्टरनेशनलले ‘बैंक अफ दि इयर’को अवार्ड पाउने चर्चा बैंकरहरुबीच रहेको छ ।

चर्चा अनुसार नै सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल अहिले लण्डन भ्रमणमा रहेका छन् ।

अध्यक्ष तथा सीईओ लण्डन भ्रमणमा  भएको हुँदा बैंकिङ क्षेत्रमा यो वर्षको अवार्ड सिटिजन्स बैंकले पाउने सम्भावना बढी रहेको चर्चा छ ।

अवार्ड घोषणा हुने समयमा अध्यक्ष र सीईओ लण्डनमा रहेको र अन्य बैंकका अध्यक्ष तथा पदाधिकारी लण्डनमा छैनन् । त्यो हुँदा यो पटकको अवार्ड सिटिजन्स बैंकले पाउने पक्कापक्की रहेको बैंकरहरु बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime