Skip to content

सिभिल मलमा एससिटी–युपिआई कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको मुटु सुन्धारामा रहेको सिभिल मलबीच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

उक्त सेवाअन्तर्गत कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सकिने छ । मङ्सिर १६ गते आइतबारदेखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ ।

डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सकिने छ। कार्डधाराकहरूले आगामी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime