काठमाडौं । अर्बौं रुपैयाँ घुसको सेटिङ गरेर नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने चर्चा पछिल्ला केही साताहरुमा निकै सुनिएको विषय थियो । पुँजी वृद्धि गर्न लगाएर बीमा कम्पनीको संख्या घटाएको बीमा प्राधिरणमा फेरि नयाँ लाइसेन्स वितरणका विषयले बजारमा चर्चा पाइरहेको समयमा बीमा प्राधिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल निलम्बन भएपछि यो विषय केही समयका लागि भने मथर भएको छ ।
कार्यकाल सकेर प्राधिरणबाट बिदा हुनै लाग्दा केही व्यवसायी घरानालाई बीमाको लाइसेन्स दिने चर्चाका बीच सोमबार अध्यक्ष सिलावका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले ढाँटेको उमेरका आधारमा पनि उनी आजको ५४ दिन पछि अनिवार्य अवकाशमा जाने थिए । तर, यो मुद्दाका कारण उनको बीमाको नयाँ लाइसेन्स वितरण गर्ने योजना भने अधुरै रहयो ।
प्राधिकरणबाट बिदा हुनै लाग्दा उनले करोडौं रुपैयाँ घुस संकलन गरेर लाइसेन्स वितरण गर्ने योजनामा रहेको बताइन्थ्यो । प्राधिरणले चारवटा कम्पनीको लाइसेन्स वितरण गर्ने योजना बनाएको चर्चाका बीच मुद्दा खेपेर उनी प्राधिरणबाट बाहिरिएका छन् ।
सिलवाले भने नयाँ लाइसेन्सको वितरण आफ्नो कार्यकालमा नहुने बताउँदै आएका थिए । हरेक कार्यक्रमहरुमा उनले कुनै पनि हालतमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण नुहने बताउँदै आएका थिए।
सिलवाललाई प्रभावमा पारेर लाइसेन्स लिने तयारीमा रहेका केही व्यापारी घरानाले केही समय कुर्नुपर्ने देखिएको छ । अध्यक्षबाट निलम्बन भएसँगै उनले यो काम गर्न सक्ने अवस्था छैन भने नयाँ आएको अध्यक्षले पनि तत्कालै यो काम गर्न सक्ने अवस्था भने देखिँदैन ।






प्रतिक्रिया दिनुहोस्