Skip to content

सञ्जय मल्होत्रा भारतीय रिजर्ब बैंकको गभर्नर नियुक्त

nabil bank

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआर्ई) को गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त भएका छन् । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् ।

सञ्जय मल्होत्रा आरबीआईको २६औं गभर्नरमा नियुक्त भएका हुन् । उनी वर्तमान गभर्नर शक्तिकान्त दासलाई प्रतिस्थापन गर्दै डिसेम्बर ११ बाट पदभार ग्रहण गर्ने छन् ।

शक्तिकान्त दासको कार्यकाल डिसेम्बर १० आज मंगलबारदेखि समाप्त भएको छ । दास २०१८ मा आरबीआईका गभर्नर बनेका थिए र उनको कार्यकाल तीन वर्ष थप गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime