Skip to content

नेपालीलाई विदेशी लगानीका बैंकले पनि पत्याउन थाले, एभरेष्टपछि स्ट्यान्डर्ड चार्टर्डमा नेपाली सीईओ

nabil bank

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी बैंकिङ क्षेत्रमा पनि नेपालीहरु सक्षम छन् भन्ने देखिएको छ । स्थापना कालदेखि नै विदेशी सीईओले नेतृत्व गरिरहेका विदेशी बैंकहरुमा पछिल्लो समय नेपालीहरु सीईओ बन्न थालेका हुन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पहिलो नेपाली सीईओका रूपमा गोरखशमशेर राणालाई नियुक्त गरेको छ । यो सँगै नेपालमा रहेका तीनवटा विदेशी बैंकमध्ये २ वटाको सीईओ नेपाली छन् । २०७७ सालमा एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त भएका थिए । पञ्जाव नेसनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा त्योभन्दा पहिले भारतीय नागरिकहरु नै सीईओ नियुक्त हुँदै आएका थिए । खालिङ विदेशी लगानी रहेको बैंकमा सीईओ हुने पहिलो नेपाली थिए ।

स्ट्यान्डर्ड चार्टर्ड राणाको नियुक्तिसँगै अब नेपालमा रहेको विदेशी बैंकहमध्ये नेपाल एसबिआई बैंकमा मात्रै विदेशी सीईओ छन् । यो बैंकको सीईओमा भारतीय नागरिक छन् ।

सन् १९८७ देखि नेपालमा सेवा दिँदै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा सुरुदेखि नै विदेशी व्यक्तिले सीईओको काम गर्दै आएका थिए । राणा अहिले चार्टर्डमा डेपुटी सीईओको रूपमा कार्यरत थिए । बैंकले उनलाई २०२५ को जनवरी १ देखि सीईओ नियुक्त गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड समूहको दुईतिहाइभन्दा बढी सेयर रहेको बैंकमा बाँकी २९.७९ प्रतिशत सेयर नेपाली सर्वसाधारणको छ ।

ग्रुपको स्थानीयमा भर पर्नुपर्ने अवस्थामा नेपाली सीईओ हुँदा सहजाता हुने बैकिङ विज्ञ पशुराम कुवँर क्षेत्रको भनाइ छ । नेपाली सीईओ बन्दा कर्म्फट फिल हुने उनको भनाइ छ । २० वर्ष अगाडि सिकेको कुरालाई व्यवहारमा उतार्ने समय आएको उनले बताए ।

‘सीईओ भनेको सिनियर पद हो । स्ट्यान्डर्ड चार्टर्ड जस्तो बैंकले लोकल सीईओ नियुक्त गर्दा नेपालीहरुको बैंक प्रतिविश्वास पनि बढ्छ,’ उनले भने । स्थानीय सीईओ हुँदा लगानीका लागि पनि सहज हुने क्षेत्रीको भनाइ छ । ‘बाहिर गएर पनि नेपालीहरु काम गर्न सक्षम रहेका छन् भनेर बाहिरका बैंकहरुले पनि पत्याउने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘यो नेपालीहरुका लागि पनि खुसीको विषय हो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime