Skip to content

१ लाख बढी कित्ता सेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले आज बुधबारदेखि २ वटा कम्पनीको १ लाख बढी कित्ता सयर बिक्रीमा राखेको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको १ लाख १ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ र नागरिक लगानी कोषको ७६३ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ।

यो सेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ३ गतेसम्म रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi