काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५ औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
विगत तीन दशक भन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट (एमबिए) सम्मको अध्ययन पुरा गरेका छन् । उनको कार्यअनुभव तथा कार्य सम्पादनको मूल्यांकन गर्दै कम्पनीले गौतमलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कमा विश्वास गर्छन् । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने सञ्चालक समितिले विश्वास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्