Skip to content

निफ्राको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक समूहको ९८ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

यो सेयर बिक्री गर्ने संस्थापक सेयरधनी एनआईसी एशिया बैंक लिमिटेड हो । तोकिएको म्यादभित्र संस्थापकबाट पर्याप्त आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi