Skip to content
Prabhu

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २ सय क्यास ब्याक

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१५ वा अधिकतम २ सय रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम २ सय रुपैयाँ सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal