Skip to content

फरवार्ड माइक्रोफाइनान्सको लाभांश प्रस्ताव पारित

nabil bank

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत भएको छ। लघुवित्तको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो।

सभाले सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन समेत गरेको छ । संस्थाको बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ ।

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०र८१ को नाफा नोक्सान हिसाब तथा नगदप्रवाह विवरण स्वीकृत गरेको छ। भने, सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०र८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ ।

सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तहअन्तर्गत १५९ शाखा कार्यालय मार्फत २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी गराइएको थियो । साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।

साधारण सभामा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताए। संस्थाले शेयर सदस्यहरूलाई तुलनात्मक रूपमा सन्तोषजनक लाभांश वितरण गरेको बताउँदै उनले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघीय सांसद भगबती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेकोमा प्रशंसा गरिन।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime