Skip to content

प्रभु महालक्ष्मी लाइफको वार्षिकोत्सवमा मुटु जाँच शिविर

काठमाडौं । ‘ढुकढुक होइन, ढुक्क होऔं’ भन्ने ब्राण्ड स्लोगन अपनाएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवका अवसरमा मुटु जाँच शिविर सञ्चालन गरेको छ।

इन्स्योरेन्सले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १ मा वडा कार्यालय परिसरमा शनिबार निःशुल्क मुटु रोग परीक्षण शिविरको आयोजना गरेको हो। इन्स्योरेन्सका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नागार्जुन नगरपालिका–१ कार्यालय र ओम हस्पिटलसँगको सहकार्यमा शिविको आयोजना गरिएको हो।

इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत देशैभरका शाखा, उपशाखामार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima