Skip to content
Prabhu

गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्यायले लिए शपथ

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले पद तथा गोपनियताको शपथ लिएका छन् ।

वैशाख १ गते विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल बिदाइ भएका छन् भने उपाध्याय नियुक्त भएका छन् ।

बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल चैत मसान्तमा समाप्त भएको बताए ।

२०८० चैत १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त सीईओ उपाध्यायले शपथ ग्रहण लगत्तै विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पुर्याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भूमिका महत्वपूर्ण भएको बताए ।

बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal